शैक्षिक सत्र सुरू हुनुअघि भर्ना लिने र चर्को शुल्क असुल्नेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनुपूर्व नै विद्यार्थी भर्ना नगर्न र मनपरी शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई आग्रह गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरी प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत विद्यार्थी भर्ना थालिएको भन्दै निर्देशनको अवज्ञा गरे कारबाहीको चेतावनी दिएको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले पनि २ दिनअघि शैक्षि सत्र सुरू हुनुअघि भर्ना नलिन आदेश दिएको थियो ।