काठमाडौँ । पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । गतसाता पक्राउ परेका खड्कालाई आइतबार काठमाडौं जिल्ला अदालतले थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।
त्यसक्रममा उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया