यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


काठमाडौं । सरकारले एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमशः एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने निर्णय गरेको छ ।

बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने निर्णय गरेको छ ।