शंकर ग्रुपका सञ्चालक पक्राउ


काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभाले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।

उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । विभागले बयान लिएपछि अग्रवाललाई ललितपुर प्रहरीको जिम्मा लगाइएको छ ।