काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ । बुधबार बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले जानकारी दिइन् ।
उनले भनिन् ‘२२ गते सभामुखको निर्वाचन गरेर पदबहाली नै गर्ने भन्ने छ । अहिले सम्म को बन्ने त्यो कुरा भएको छैन ।’
यसैगरी सर्वदलीय बैठकमा सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक सुचारु गर्न सम्बन्धित विषयमा पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनले भने, ‘प्रतिनिधिसभाको बैठक सुचारु गर्न सर्वदलीय बैठकमा छलफल गरियो । यसमा कुनै दलले विशेष प्रस्ताव भने राखेको छैन । तर प्रतिनिधिसभाको बैठक सुचारु हुने देखिएको छ ।’

प्रतिक्रिया