‘एक मुठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’


काठमाडौँ । नेपाली फिल्म ‘एक मुठी बादल’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘रेल घुम्यो घुम्तीमा’ बोल गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।

हर्क साउदको शब्द र सुमित पाठकको संगीत रहेको गीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर छ । गीतले एकाघरमा रहेका तीनपुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ।