काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
पार्टीका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेका बेला समितिको बैठक बस्न लागेको हो । गत शनिबार पार्टीका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले त्यसलाई गम्भीर रुपमा लिएको जनाएको थियो ।
त्यस्तै खड्काले सोमबार पार्टीबाट निर्वाचित सांसदलाई बधाई दिन छुट्टै कार्यक्रम आयोजना गरेका थिए भने मंगलबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । यिनै विषयमा अनुशासन समितिको बैठकमा छलफल हुने बताइएको छ । बैठकले पार्टीभित्र समानान्तर गतिविधि गर्न थालेपछि केही नेतालाई कारबाही गर्नसक्ने समेत बताइएको छ ।

प्रतिक्रिया