२० हजार घुससहित प्रहरी वृत्त मालिगाउँका सई पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ ।

अख्तियारले सई दिनेश राउतलाई मंगलबार पक्राउ गरेको हो । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ ।