काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले निकोलस भुसाललाई पक्राउ गरेको गरेकोमा आपत्ति जनाएका छन् । बिहीबार सामाजिक संजालमार्फत गुरुङल गृहमन्त्री ओमप्रकाश अर्याललाई निकोलस भुसाल र एमाले नेता महेश बस्नेतलाई किन फरक तरिकाले हेरेको भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो गृहमन्त्रीज्यू ? अनि किन निकोलसमात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ आन्दोलन हार्दैछ ।’
हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भुसाललाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया