काठमाडौं । जेनजी आन्दोलनमा भएको धनजनको क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले बुधबार आईजीपी खापुङलाई ‘किन कारबाहीको नगर्ने ?’ भन्दै लिखित रूपमा स्पष्टीकरण सोधेको हो । आयोगले माग गरेको विवरण समयमा उपलब्ध नगराएको आरोपमा खापुङलाई स्पष्टीकरण सोधिएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिएका छन् ।
जेनजी आन्दोलनमा खटिएका प्रहरी अधिकृतको बयान लिनुपर्ने भएपछि को–को खटेका थिए भनेर आयोगले विवरण मागेको थियो । तर प्रहरी प्रधान कार्यालयले सही जवाफ नदिएकाले आयोगले महानिरीक्षकसँग स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया