शुभचिन्तकले ‘नेपाली जनताको आशा भरोषा’ तपाईँमाथि भएकाले केही बोलिदिनुस् न भन्दा रविले दिए यस्तो जवाफ


काठमाडौं । जेनजी आन्दोलनमा भएको धनजनको क्षतिकोबारेमा छानबिन गर्न गठित जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेको बुधबार बयान लिएको छ । नख्खु कारागारबाट सिंहदरबारमा झिकाएर आयोगले रविसँग बयान लिएको छ ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान लिन आयोगले उनलाई सिंहदरबार बोलाएको हो ।

आयोगले रविसँग पाँच घण्टा भन्दाबढी समय बयान लिएको थियो । बयान दिएर फर्किने क्रममा रविलाई शुभचिन्तकले ‘नेपाली जनताको आशा भरोषा तपाईँमाथि भएकाले’ केही बोलिदिन आग्रह गरेका थिए । जवाफमा रविले भने, ‘समय आउँदैछ ।’

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि अहिले नख्खु कारागार छन् । जेनजी आन्दोलनका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए र पछि पुनः कारगार फर्किएका थिए ।

तर रविलाई रास्वपाले दबाब दिएर बाहिर निकालिएको भन्दै आलोचना भइरहेको छ । रवि कारागारबाट निस्किएपछि देशभरका कारागारबाट कैदीबन्दी भागेका थिए । भागेका मध्ये पाँच हजार भन्दाबढी कैदीबन्दी अझै फर्किका छैनन् ।