नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक


काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता सभामा पार्टी संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपालको नाम अनुमोदन गरिएको हो ।

एकता घोषणा सभामा महिन्द्र राय यादवले उक्त प्रस्ताव निर्णयार्थ हलमा प्रस्तुत गरेका थिए । उनको प्रस्ताव हलले ताली बजाएर अनुमोदन गरेको थियो ।