काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकतामा बल पुर्याउन सम्मेलनमा सहभागी भएको बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा भएको पार्टी एकतासभामा खनालले केही रिजर्भेसन भए पनि एकतामा बल पुर्याउन आफू यहाँ आएको बताएका हुन् ।
उनले भने, ‘म यहाँ केही ढिलो आएँ, ढिलो आउनुको केही कारण छन्, मेरा केही रिजर्भेसन थिए । हामी त्यो कुरा मिलाउँछौं भनेर प्रचण्डले प्रतिवद्धता जनाएपछि म यहाँ आएको हुँ । केही रिजर्भेसन भए पनि एकताको विकल्प छैन, एकतामा बल पुर्याउन भनेर आएको हो ।’
उनले कम्युनिस्ट पार्टीभित्रको खराब पक्ष उखेलेर फ्याँक्नुपर्ने आवश्यकता भएको बताए । उनले अब एकता भएको पार्टीले समाजवादी क्रान्तिको झण्डा उठाउनुपर्ने बताए । समाजवाद स्थापनका लागि सबैले आत्मसमीक्षा गरेर गल्ती कमजोरी हटाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया