काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापालाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जान प्रस्ताव गरेका छन् ।
बुधबार केन्द्रीय समितिको बैठकमा नेता मन्सुरले महामन्त्री थापालाई प्रधानमन्त्री र सभापतिको रुपमा प्रस्ताव गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले भने,’अहिले पनि आम जनताको चाहना र पार्टीभित्र प्रभावअनुसार पनि आउने संघीय निर्वाचनमा गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर जाने निर्णय यो केन्द्रीय समितिले लिनुपर्छ । उनी १४ औं महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन्।’

प्रतिक्रिया