काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार सूचना जारी गरी नयाँ कानुनी संशोधनका कारण सूचीकरण नगर्ने जनाएको हो ।
काउन्सिलले सरकारले हालै पारित गरेको ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ ले छापाखाना तथा प्रकाशन ऐन, २०४८ संशोधन गरेसँगै जारी भएको ‘छापाखाना तथा प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२’ लागू भइसकेको जनाएको छ ।
नियमावलीमा अनलाइन सञ्चार माध्यमको अभिलेख र सूचीकरण सम्बन्धी कार्य प्रेस काउन्सिलले गर्ने कानुनी व्यवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ ।
२०७० सालदेखि अनलाइन मिडियालाई व्यवस्थित गर्न थालेको प्रेस काउन्सिलले त्यसपछि २०७३ मा लागू भएको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका र त्यसको २०७४ को पहिलो संशोधनअनुसार सूचीकरण गर्दै आएको थियो ।


प्रतिक्रिया