हिन्दू-बौद्धको समावेशी संस्कृतिका शत्रु चिनौं


-डा. गोविन्द एस उपाध्याय ।

जहाँजहाँ हिन्दुहरूले मन्दिर बनाउँछन् धेरैजसो ठाउँमा बुद्धको मूर्ति स्थापित गरिन्छ । हिन्दूहरूले बुद्धको मूर्ति स्थापना गरिनुलाई स्वाभाविक रूपमा लिन्छन् । खासगरी, समूहहरूले निर्माण गरेका मन्दिरहरूमा यस्तो देखिन्छ । हिन्दूहरूले बुद्धलाई विष्णुको १० औतार मान्छन् । त्यसैगरी तामाङ र गुरुङ समुदायले निर्माण गर्ने बौद्धस्थलहरूमा हिन्दूदेवीदेवताका मूर्तिहरू राखिन्छन् । बौद्धहरूको यो उदारता नेपालमा मात्र पाइन्छ । तिब्बत, श्रीलंका, म्यामारतिर पाइन्न । नवबौद्धहरूले माने, गुम्वा, चैत्य वा विहार बनाउँदा हिन्दूहरूका देवीदेवताहरूप्रति पूर्णवेवास्ता गरिन्छ । यदि कुनै हिन्दूले ‘विष्णु, राम वा कृष्ण’को मूर्ति राखौं भन्दा बौद्धहरू उग्ररुपमा प्रस्तुत हुन्छन् । वैदिक देवीदेवताहरूलाई स्थान दिंदैनन् । सकेसम्म बहिष्कार नै गर्छन् । आलोचना गर्छन् र केही ठाउँमा त हिन्दूदेवीका मूर्तिहरू तोडेको भन्ने पनि सुनिएको छ । कुनै पनि हिन्दूले बौद्ध प्रतिकहरूसँग यस्तो दुव्र्यबहार गर्दैनन् ।

एउटा मन्दिर बन्ने क्रममा केही स्थानीय नवबौद्धहरूले मन्दिरमा बुद्धको पनि मूर्ति राख्नु पर्ने माग गरे । किनभने मन्दिर व्यक्तिगत जग्गामा र व्यक्तिगत पैसा खर्च गरेर व्यक्तिले निजी पूजाआजाको प्रयोजनका लागि निर्माण गर्दै थिए, त्यहाँ त्यसरी माग राख्नु जायज थिएन । तर एउटा अतिवादी नबबौद्ध संस्थाको व्यानरमा आएका युवकहरू ‘मन्दिरमा बुद्धको मूर्ति नराखे राम्रो नहुने’ भन्दै निर्माणमा अवरोध उत्पन्न गरे । मैले नेपालका धेरैजसो हिन्दू धार्मिकस्थलहरूमा बौद्धपूजास्थलहरू, मूर्तिहरू देखेको छु । तपाईंहरूले पनि अवश्य देख्नुभएको छ । यो बौद्ध र हिन्दूबीचको प्रेमपूर्ण र सहयोगी व्यबहारको नमुना हो भन्ने मेरो ठहर छ । समावेशी पूजास्थल हुँदा दुबै पक्षहरू खुसी हुनुपर्छ ।

यस्तो समावेशी संस्कृति केही कट्टरपन्थी (मुसाईवादी) बौद्धहरूलाई मन परेको छैन । उनीहरू विना प्रमाण पुर्खौंदेखि चलिआएको यस्तो परम्परालाई ‘हिन्दूहरूले बौद्ध पूजास्थलहरू कब्जा गरेको’जस्तो कपोलकल्पित आरोप लगाउंदै अन्तरसम्बन्ध भाँड्ने प्रयत्न गरिरहेका छन् । इतिहासले भन्छ, बौद्ध धर्मको विकास हिन्दू धर्मसँग विद्रोहले भएको हो । आजको मितिमा हिन्दू, जैन र बौद्ध स्वतन्त्र धर्म हुन् । जैन र बौद्धहरूको विकास हिन्दू संस्कृतिबाट भएको हुँदा यी तीनै धर्मका थोरधेर कुराहरू, संस्कृतिहरू, मान्यताहरू एकआपसमा मिल्नु स्वाभाविक हो ।

मन्दिरमा आफ्नो भाग खोज्ने धूर्तहरूले आफूले निर्माण गर्ने बौद्ध मन्दिर, गुम्वा, माने, चैत्य तथा विहारहरूमा हिन्दू देवीदेवताहरूको स्थापना र हिन्दुहरूलाई पूजाआजाको अनुमति दिनुपर्छ । के करुणाका उपासक भएको दावी गर्ने क्रान्तिकारी बौद्धहरू यसो गर्न तयार छन् ? हिन्दूहरूका मन्दिरहरूमा बौद्धहरूले निर्वाध उपासना गर्न पाउँछन् । पशुपति होस् वा मुक्तिनाथ, बूढानीलकण्ठ होस् वा हलेसी – यसका उदाहरण हुन् । हिन्दूहरूले तीर्थस्थलहरू साझा हुन् भन्ने तत्थ्य स्वाभाविक रूपमा स्वीकार गरिरहेका छन् भने परम्परागत बौद्धहरूमा पनि यसप्रति सहमति नै छ । तर मुसाई बौद्धहरूले पशुपतिनाथजस्ता मन्दिरहरूलाई ‘बौद्ध विहार कब्जा गरेर मन्दिर बनाएकोले हिन्दूहरूले त्यो छोड्न पर्छ’ भन्दै निरर्थक वकवास गरिरहेका हुन्छन् । यस्ता मुसाई बौद्धहरूलाई हिन्दु र विनम्र बौद्ध दुवैले कडा जवाफ दिनुपर्छ । राजीव मल्होत्राका शब्दमा नेपालको हिन्दूबौद्ध समावेशीपनका विरुद्ध बोल्नेहरू ‘मुसाई माक्र्सवादका झोले हुन् । माक्र्सवादी र इसाईले दूवै मिलेर वैदिक तथा बौद्धहरूको मौलिकता नष्ट गर्छन् र मुसाईको स्थापना गर्छन् ।’

संयुक्त आराधनस्थलमा गएर ‘यो बौद्धको मात्र पूजास्थल हो, हिन्दुले कब्जा गरेका हुन्’ भन्दै समावेशी संस्कृति भंग गर्न खोज्ने विरुद्ध प्रतिक्रिया दिनैपर्छ । साथै, यस्ता मुसाई बौद्धहरूले निर्माण गर्ने ‘बौद्धस्थलहरूमा’ वैदिकहरूले आफ्ना आराध्यदेवदेवीको स्थापना गर्ने मांग गर्नुपर्छ । केही उदार नेपाली बौद्धहरूले गुम्बाहरूमा भगवान् शिवको स्थापना गरेका छन् तर अम्बेडकर र श्रीधर राणा ब्राण्डका बौद्धहरूबाट यस्तो आशा नगरे हुन्छ । उनीहरूको चल्ने भए मन्दिर र गुम्वामा रहेका सम्पूर्ण वैदिक देवीदेवताका मूर्तिहरू तोडेर हिड्थे । बुद्धको करुणा उनीहरूका लागि हिंसाको साधन हो ।

मन्दिर र बौद्ध धार्मिकस्थलहरू फरक प्रकृतिका हुन्छन् । सबै मन्दिरमा बुद्धको प्रतिमा हुनैपर्छ भन्ने हुँदैन भने बौद्ध धार्मिकस्थलहरूमा वैदिक देवीदेवता हुनैपर्छ भन्ने पनि हुँदैन । दुवै स्वतन्त्र धर्म हुन् र स्वतन्त्र रूपमा आ–आफ्ना धर्मस्थलहरू निर्माण गरेर साधना गरिरहेका पनि छ । उपर्युक्त प्रश्न ती घृणावादीहरूका लागि जसले सहअस्तित्वको संस्कृतिबाट बौद्ध र हिन्दु दूवैलाई निकालेर सेमेटिक संस्कृतिको कट्टरता स्थापित गर्न आतुर छन् । यस्ता सर्प विरुद्ध नबोल्नु कायरता हुन्छ । नेपालमा श्रीधर राणाको ग्यांग र भारतमा अम्बेडकरको ग्यांग यस्तो कट्टरपन्थी समूहहरूको निर्माण गर्न आतुर छ ।

संस्कृतमा एउटा उखान छ ‘शठे शाठ्यं समाचरेत् अर्थात् दुष्टसंग दुष्टतापूर्ण र साधुसँग साधुता पूर्ण व्यबहार गर्नुपर्छ । दुष्टहरूसंग झुकेर हुँदैन । अस्तित्व खोस्नेहरूलाई तातो उत्तर दिनुपर्छ । भगवान् बुद्धको करुणा र कृष्णको वीररस दुवै क्षमता प्रकट गर्नेहरूमात्र सुरक्षित हुन्छन् । जय पशुपतिनाथ । जय बुद्धदेव

शब्दार्थः मुसाई अर्थात् माक्र्सवादी र इसाई–मुस्लिम गठबन्धन । नेपाली माक्र्सवादीहरूले सधैं धर्मनिरपेक्षताका नाममा कट्टरपन्थी इसाई र मुस्लिमहरूको पक्षपोषण गरिरेको र वैदिक सनातन संस्कृतिका विरुद्ध विष बमन गरिरहेको तथ्य लुकेको छैन । माक्र्सवादीहरूको गठबन्धनले ‘हिन्दूराष्ट्रका सवालमा जनताले दिएको अभिमत लुकाएको हो–सुवासचन्द्र नेम्वाङ सभामुख हुँदा ।