मुक्तिनाथ क्षेत्रमा हिमपात


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्रमा भएको हिमापात । मुस्ताङको घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङको अधिकांश स्थानमा भारी हिमपात भएको छ । हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थीहरुलाई असहज भएको छ ।

तस्बिर: सुशीलबाबु थकाली / रासस