जेनजी आन्दोलनमा जलाइएको घर अवलोकनमा पुगे ओली(फोटोफिचर)


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएको भक्तपुरको बालकोटस्थित घरको बुधबार अवलोकन गरेका छन् ।

बालकोटका दुवै घर जलाइएपछि पहिलो पटक ओली अवकलोकनमा पुगेका हुन् ।

उनले आफ्नो सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको बताए । बालकोटमा घर जलाइएपछि ओली दम्पती अहिले भक्तपुरको गुन्डुमा बस्छन् ।