धनकुटा । धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३–०१–००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका– ९ पाँच गोलाईमा दुर्घटना भएको हो ।
ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूला सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोली र प्रहरीको टोलीले उद्धार गरेको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।





प्रतिक्रिया