भेपमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ


काठमाडौं । पूर्वसभाभखु कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

ललितपुरस्थित निवासबाटै पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जनाएको छ । भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग बयान लिएको थियो । यस प्रकरणमा उनीविरूद्ध सीआईबीले यसअघि मुद्दा नचलाई राखेको थियो ।

२०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्राएको प्रकरणमा महरा जोडिएका छन्।