जाँचबुझ आयोगले ओली र लेखकविरुद्धको जाहेरी पठायो प्रहरीमै फिर्ता


काठमाडौं । गत भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै प्रहरीमा फिर्ता पठाएको छ ।

आयोगले जाहेरी फिर्ता पठाएसँगै प्रहरीले ओली र लेखकलाई पक्राउ गर्ने बाटो खुलेको छ । ओली र लेखकविरूद्ध जेन जी आन्दोलनका शहीद परिवारले जिल्ला प्रहरी परिसर काठमाडौंमा सोमबार किटानी जाहेरी दिएका थिए ।

जेनजी प्रदर्शनको क्रममा भएको भौतिक एवं मानविय क्षतिको विषयलाई लिएर आन्दोलनमा मृत्यु भएका रसिक खतिवडाका बुबा पुरूषोत्तम खतिवडा लगाएत अन्य ४ जनाले जिल्ला प्रहरी परिसर काठमाडौंमा सोमबार किटानी जाहेरी दिएका थिए ।

प्रहरीले उक्त जाहेरीलाई आयोगमा पठाएको थियो । आयोगको आज बसेको बैठकले यो विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै परिसरमै फिर्ता पठाएको हो ।