काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । त्यस्तै बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।

प्रतिक्रिया