काठमाडौं । सरकारले नेपाल प्रहरीका चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् ।
उनीहरूलाई असोज १२ मा बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया