हामी नेपालको डिस्कर्ड सर्भरमा बम, विस्फोटक वा हिंसात्मक गतिविधिका छलफल बढी


काठमाडौं । हामी नेपालले डिस्कर्ड सर्भरमा बम, विस्फोटक वा हिंसात्मक गतिविधिबारे छलफल गर्न खोज्ने व्यक्तिहरूको बढ्दो रिपोर्ट देखिएको बताएको छ ।

बुधबार हामी नेपालका संयोजक सुदन गुरुङले शान्तिपूर्ण आन्दोलनका लागि बनाइएको सर्भरमा हिंसात्मक अभिव्यक्ति दिने काम भइरहेको बताएका छन् । हिंसा वा विस्फोटक पदार्थसँग सम्बन्धित कुनै पनि सामग्री जेनजीको आदर्श र आन्दोलनका सिद्धान्तविपरीत हुने हामी नेपालले स्पष्ट पारेको छ ।

उनले भनेका छन्, ‘हामीले यो डिस्कर्ड सर्भरमा बम, विस्फोटक वा हिंसात्मक गतिविधिबारे छलफल गर्न खोज्ने व्यक्तिहरूको बढ्दो रिपोर्ट देखिरहेका छौँ । यो सर्भर केवल शान्तिपूर्ण आन्दोलन र नेपाली नागरिकहरूलाई हाम्रो देशबारे छलफल गर्न एक साझा समुदाय बनाउनका लागि हो । यस्ता सामग्री पोस्ट गर्ने व्यक्तिलाई तत्काल प्रतिबन्ध लगाइनेछ र तपाईंको खाता विवरणहरू तुरुन्तै सम्बन्धित अधिकारीहरूलाई पठाइनेछ ।’

कसैले यस्तो सामग्री देखेमा प्रतिक्रिया नजनाउन हामी नेपालले अनुरोध गरेको छ । यस्तो देखेमा मोडरेसन टिमलाई रिपोर्ट गर्न पनि हामी नेपालले आग्रह गरेको छ ।