काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई कारबाही अघि बढाउन आग्रह गरेको छ ।
मंगलबार आयोगका सदस्य विज्ञानराज शर्माले विज्ञप्ति जारी गरी फौजदारी कसूरमा संलग्न जोकोहीलाई कारबाही अघि बढाउन नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका हुन् ।
आयोगले भनेको छ, ‘यस आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतका कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितका प्रतिवेदन प्राप्त भए पश्चात् नेपाल सरकारले कानून बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट मिति २०८२/०६/०९ गते जारी विज्ञप्ती प्रति आयोगको ध्यानाकर्षण भएको छ ।’


प्रतिक्रिया