पत्रकार सम्मेलनमा कुलमानले भने-बीपी राजमार्ग तीन/चार दिनभित्रमा खोल्ने कुरा भएको छ, तर त्यो भन्दा छिटो खोल्छौं


काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द रहेका सडक खुलाउने तयारी गरेको बताएका छन् ।

दुई दिनको वर्षापछि भएको घटनाको बारेमा आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब सडकहरू खोलिने बताएका हुन् ।

उनले सबैको सतर्कताले मानवीय क्षति कम भएको पनि बताए । वर्षातका कारण आएको बाढीका कारण ठूलो मानवीय क्षति नभएको स्पष्ट पारे ।

वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने जानकारी दिए ।

उनले बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताए । उनले बीपी राजमार्ग छिटो भन्दा छिटो खोल्ने बताए ।

उनले भने, ‘बीपी राजमार्गको नेपालथोकको अवरुद्ध सडकलाई तत्कालै खोल्नेछौँ । तीन–चार दिनभित्रमा खोल्ने कुरा भएको छ । तर त्यो भन्दा छिटो सडक खोल्नेछौँ ।’ शुक्रबारदेखि निरन्तर परेको वर्षाले बिपी राजमार्गका डाइभर्सनहरू बगाएको छ ।