वर्षाले बेहाल काठमाडौं उपत्यका, हेर्नुस् तस्बिरमा


काठमाडौं । भारी वर्षासँगै काठमाडौं उपत्यकाका नदी र खोलाको जलसतह बढेको छ । भारी वर्षा कारण बागमती, धोवीखोला र मनोहरा नदीको जलसतह बढेको छ । पानीको बहाव बढेकाले नदी किनारमा रहेका बस्तीहरु उच्च जोखिममा परेका छन् ।

कतिपय बस्ती डुबानमासमेत परेका छन् । कालीमाटी, टेकु, सानेपा, थापाथलीसहितका नदी किनाराका बस्ती र बजार डुबान हुन सक्ने भन्दै प्रशासनले सचेत गराएको छ । त्यस्तै, विष्णुमती नदी र हनुमन्ते, ललितपुरको नख्खु खोलाको जलसतह पनि बढेको छ ।