काठमाडौं । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । लगातार झरी परिरहेपछि सशस्त्र प्रहरीले देशभर जनचेतनामुलक माइकिङ तथा जोखिमयुक्त ठाउँमा गस्ती ÷पट्रोल सुरु गरेको छ ।
अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । सशस्त्र प्रहरी बलले विशेषगरि खोला किनार तथा डुबान हुन सक्ने ठाउँहरुको पहिचान गरि त्यस्ता ठाउँका बासिन्दाहरुलाइ सुरक्षित रहन र तत्काल उद्दारको लागि सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ मा तत्काल फोन गर्न समेत माइकिङ मार्फत सूचीत गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी सम्भावित जोखिम न्यूनीकरणका लागि र विपद उद्दारका लागि सशस्त्र प्रहरी बलले देश भरिका युनिटलाई आवश्यक श्रोत साधनसहित तयारी हालतमा राखेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै युनिटमा आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
अहिले सशस्त्र प्रहरीका गोताखोर, विपद् उद्दार तालिम प्राप्त जनशक्ति र्याफ्ट बोट , मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजुअल्टी भेइकल, एम्बुलेन्स सबै तयारी हालतमा राखिएका छन् ।











प्रतिक्रिया