नारायणगढ–मुग्लिन सडकको तुइन खोला नजिकै खस्यो विशाल पहिरो(भिडियोसहित)


मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै ठूलो पहिरो खसेको छ । मंगलबार अपरान्ह ठूलो पहिरोले खसेकाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको प्रहरीले बताएको छ ।