दुवाडी योजना आयोगमा, गृहसचिवमा दंगाल


काठमाडौँ । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।

गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ भने उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ ।

रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सचिव दुवाडीले बल प्रयोगका लागि निर्देशन दिएको आरोप लागेको थियो ।