काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । सोमबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर उनको नाम भने अन्तिम समयमा काटिएको थियो । डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा कतिपय निर्णयमाथि परेको उजुरी विचाराधीन छ ।
उनीमाथि मेडिकल उपकरण खरिद लगायत अन्य फाइल अख्तियारमा छानबिनकै क्रममा रहेकाले नाम काटिएको बताइएको छ ।

प्रतिक्रिया