जेनजी आन्दोलनमा भएको हिंसात्मक घटना छानबिन गर्न कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन


काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटना छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र सदस्यमा विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् । आयोगलाई तीन महिनाको समय दिइएको छ । भदौ २३ र २४ को प्रदर्शनमा ७४ जनाले ज्यान गुमाएका छन् ।