लुटिएका सुरक्षा सामग्री कतै प्रयोग गरेको पाइएमा खबर गर्न सशस्त्र प्रहरीको अनुरोध


काठमाडौं । सशस्त्र प्रहरी बलले जेनजी आन्दोलनमा क्रममा लुटिएका हतियार र पोशाक लुकाइराखेको थाहा पाएमा खबर गरिदिन अनुरोध गरेको छ ।

आइतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले विज्ञप्ति जारी गरी लुटिएका सुरक्षा सामग्रीहरु दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा अझै फोटो/भिडियो देखिने गरेको पाइएको हुँदा कहीं कतै प्रयोग गरेको /लुकाई राखेको खबर /सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बल, नेपालको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।