सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेको धर्ना


काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि गेटमै धर्नामा बसेका हुन् । आफ्ना माग प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्न उनीहरु सिंहदरबार जान लागेका थिए ।