-डा. युवराज संग्रौला
हामीले २३/२४ गतेको आन्दोलनमा अनेक कुरा देख्यौं । २३ गते आफ्ना कुरा राख्न आएका मूलतः विद्यार्थीको दिमागमा ‘सुशासन’ र राजनीतिमा ‘मोहियानी हक’ जमाएर, राष्ट्रलाई बाँधेर अगाडी जान नदिने राजनीति नेतृत्वको विरोधमा आवाज उठनुपर्छ भन्ने जाँगर थियो । तर उनीहरुको पवित्र चहानाका पछाडी अनेक तिकडम र ‘निहित स्वार्थहरु रहेछन्, जसले गर्दा एक थान सरकार त ढल्यो, राष्ट्रले सबैभन्दा ठूलो सजाय पायो ।
१. देशमा व्यापारीहरुले अनेक बहानामा अन्याय गरेका थिए। तर यो उनीहरुको यो प्रवृत्ति राजनीतिक दलले लादेको कुसंस्कारबाट मौलाएको थियो। तर जुन क्षति भयो, त्यसले हजारौंको रोजगारी गयो उद्यमीहरु निराश भएका छन् । नव युवा साथीहरू ‘भावनाले देश बन्दैन । विचार र कर्मले देश बन्छ।’ आफ्नो स्वतन्त्रता प्रयोग गर्नुहोस्, तर कसैको बहकाउमा नलाग्नुहोस् । हेर्नुहोस्, सफा हृदयले गरेको आन्दोलनमा स्वार्थ भएका मानिस र अपराधीहरुले घुसपैठ गरे । राष्ट्रको बदनाम गरे ।
२. हामी नेपालीहरु बुद्धका सन्तान हौं । हामी जनकका सन्तान हौं । हामी एलम्बरका सन्तान हौं । घृणा र हिंसा हाम्रो सभ्यता होइन । हाम्रो सभ्यतामा करुणा छ। हो, दोर्षीलाई सजाए दिनुपर्छ । तर, राष्ट्र जलाएर, हिंश्रक भएर होइन ।
३. हाम्रो ध्यान अब सबै जनताको प्रतिनिधित्व गर्ने व्यवस्थापिका, विदेशीले खेल्न नपाउने कार्यपालिका, र राजनीतिबाट मुक्त स्वतन्त्र न्यायपालिका निर्माणतर्फ लाग्नुपर्छ । हामीले देशमा विदेशी परिपन्च र खेललाई अन्त्य गरेर, हाम्रो भूराजनीतिलाई सुरक्षित पार्नुपर्छ ।
४. हो, जनताले निर्वाचन गरेको प्रधानमन्त्री चाहिन्छ । तर यो खतरा रहित छैन । हाम्रो भूराजनीति चीन भारतका बीचमा छ, उनीहरुको बीचमा तीव्र प्रतिस्पर्धा छ । चीन र अमेरिकाको बीचमा तनाव छ। यो यथार्थलाई ख्याल राख्नु पर्छ । हामी न चीनबाट अलग हुन सक्छौं न हामी भारतबाट । यो भूराजनीतिलाई बिर्सेर आफ्नो अस्तित्वको रक्षा र जनताको समृद्धि सुनिश्चित गर्न सक्दैनौं । अतः सरकार जसले चलाओस्, हामीले आफूलाई देशभक्त बनाउनुपर्छ र छिमेकीहरुका बीचमा खेल होइन सन्तुलनको सिद्धान्त ग्रहण गर्नुपर्छ। यो कुराको हेक्का राख्न सकिएन भने हामीले विषम पीडा भोग्नुपर्छ ।
५. हामी सचेत बनौं । अरुका संकथनका दास नबनौं । हामी नेपालका सन्तान हौं । देशलाई माया गरौं ।

प्रतिक्रिया