काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियत मूल्य पसल सोमबारदेखि सुरु गरेको छ ।
सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाड वडादशैं, तिहार र छठपर्वका अवसरमा सहुलियत मूल्य पसल संचालनमा ल्याएको हो ।
पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिर भन्दा न्यून मूल्यमा विक्रि गर्ने गरिएको छ । अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् ।
यसवर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले बताइन् । चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको उनले जानकारी दिइन् ।
चिउरा, आटा, पिठो, धनियाँ, मसलाहरुमा प्रतिकेजी ७ र तेल पनि ७ रुपैयाँसम्म छुट दिइएको छ । सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । यस कार्यालयअन्तर्गत रहेर रामशाह पथ, नख्खु, र दक्षिणकाली बिक्री कक्ष बिक्री सुरु गरिएको प्रमुख राजवंशीले बताइन् ।








प्रतिक्रिया