काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा आफूहरु नेपालसँग सहकार्य गर्न तयार रहेको बताएको हो ।
दूतावासले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त भएको र दुःखद घटनापछिको शान्तिपूर्ण समाधानको हामी स्वागत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुःखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं। हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं।’

प्रतिक्रिया