मधेस सरकारबाट फिर्ता हुन मुख्यमन्त्री सिंहलाई पार्टीको आग्रह


काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाएको छ । शनिबार संसदीय दलका नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरु मधेश सरकारबाट फिर्ता बोलाएका हुन् ।

उनले सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको जानकारी दिए । मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।

सोमबार जेनजी प्रदर्शन हुँदा मंगलबार मुख्यमन्त्री सिंहले सामाजिक संजालमार्फत राजीनामा दिएका थिए । मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सत्तासाझेदार छन् ।