रवि लामिछाने फर्किए नख्खु कारागार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट रिहा भएका थिए ।

सामाजिक सञ्जालमा शनिबार भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताएका थिए । शनिबार लामिछाने नख्खु कारागार फर्किसकेको ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिएका छन् ।

लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको भन्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए । तर, नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो । त्यसपछि उनी कारागार फर्किएका हुन् ।