काठमाडौँ ।तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् ।
भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गरेका छन् ।
उनले पत्रमा लेखेका छन्, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनताबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको छ ।’ लामाले नेपाल सरकार र नेपाली जनताप्रति विशेष कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, ’नेपाल सरकार र नेपाली जनताले सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा म धेरै आभारी छु।’
उनले तिब्बती समुदाय सानो भए पनि नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याइरहेको विश्वास व्यक्त गरेका छन् । भनेका छन्, ‘यस्ता उपलब्धिहरूले गरिब र खाँचोमा परेका मानिसहरूको जीवनमा साँच्चै सुधार ल्याउँदा अझ अर्थपूर्ण हुन्छ,’ पत्रका उल्लेख छ ।
उनले चुनौतीपूर्ण समयमा नेपालका जनताको आशा र आकाङ्क्षाहरू पूरा गर्न सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् ।

प्रतिक्रिया