काठमाडौँ । भ्रष्टाचार र बेथितिविरूद्व जेनजी पुस्ताले गरेको आन्दोलन क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ जना नेताका घरमा आगजनी भएको छ । माओवादी केन्द्रले दिएको तथ्याङ्क अनुसार; भदौ २४ गते उग्रबनेको आन्दोलनका क्रममा उपत्यका र उपत्यका बाहिर रहेका १९ जना नेताहरूको घरमा आगजनी भएको पाइएको छ ।
प्रदर्शनकाकारीले माओवादी केन्द्रको कोशी प्रदेश कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । प्रदर्शन क्रममा अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको माओवादी केन्द्रले जनाएको छ ।
विवरण हेर्नुस्-
१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. केन्द्रीय सदस्य युवराज युवराज भट्टराईको घरमा आजगनी।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त

प्रतिक्रिया