जेनजी आन्दोलनमा मारिएका प्रहरीको पशुपतिमा अन्त्येष्टि(फोटोफिचर)


काठमाडौं । जेनजीको आन्दोलनमा मारिएका प्रहरीको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वर प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो ।

आन्दोलनका क्रममा बुधबार उनीहरूको मृत्यु भएको थियो । कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त अमर प्रहरीहरुलाई पशुपति आर्यघाटमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग, उच्च प्रहरी अधिकृत र प्रहरीले कर्मचारीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।