धरान । सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ । आगो निभाउने क्रममा शुक्रबार चार जनाको शव फेला परेको हो ।
आगो निभाउने क्रममा आज बिहान एक जनाको र दिउँसो थप तीन जनाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका अनुसार बिहान १ जना र दिउँसो तीन जनाको शव फेला परेको हो ।
शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न नसकिएको डीएसपी जबेगुले बताए । सुपरमार्केमा लागेको आगो अझै निभेको छैन ।

प्रतिक्रिया