काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा भएका विभिन्न घटनाका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको जानकारी दिए ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत एक प्रहरी जवानको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए । प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी घिमिरेले जानकारी दिए ।
यता स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाकाअनुसार हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको छ ।
घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् । सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ । यस्तै, प्रदर्शनका क्रममा घाइते भएका एक हजार ३७९ जना बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् ।

प्रतिक्रिया