कैदी भाग्न खोजेपछि रामेछाप कारागारमा गोली चल्यो, दुई जनाको मृत्यु


रामेछाप । रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दीहरु भाग्न प्रयास गरेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो ।

कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।

हाल कारागारमा ३३४ जना कैदीबन्दी छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।