काठमाडौं । जेनजीका धेरै समूह भएपनि नेपाली सेनाले नयाँ सरकार गठनका उनीहरुसँग ‘ग्रुप लिडर’को नाम मागेको छ । जंगी अड्डामा बाहिर भेला भएका जेनजीहरूलाई सेनाले माइकिङ गर्दै ग्रुप लिडरको नाम मागेको हो ।
सैनिक मुख्यालयको गेट अगाडि भेला भएका जेनजीहरुबीच अबको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद भएपछि सेनाले ग्रुप लिडरको नाम मागेको हो ।
जेनजीबीच सुशीला कार्की र बालेन साह कसलाई सरकार प्रमुख बनाउने भन्ने विषयमा विवाद छ । त्यस्तै कसैले हर्क साम्पाङ र गोपी हमालकोसमेत नाम लिएका छन् । बुधबार दिउँसो पनि प्रधानसेनापतिले जेनजीका विभिन्न समूहसँग छलफल गरेका थिए । त्यस्तै प्रधानसेनापतिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया