काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट तीन हजारभन्दा बढी कैदी भागेका खुलेको छ । यसरी भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोबहादुर रायमाझी पनि रहेका छन् ।
त्यस्तै, भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वगृहसचिव टेकनाराण पाण्डे भागेका छन् । उनीहरु राति ११ बजेतिर भागेका सुरक्षा श्रोतले जनाएको छ ।
नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको थाहा पाएपछि सुन्धारा कारागारमा पनि कैदीले प्रदर्शन थालेका थिए । राति करिब ११ बजे उनीहरू गेट फोडेर भागेका हुन् । केन्द्रीय कारागारमा ३८ सय कैदीबन्दी मध्ये अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् ।
यता आज बिहान काठमाडौंको डिल्लीबजार कारागारबाट पनि कैदीहरू भाग्ने प्रयास गरेका थिए । तर, नेपाली सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया