आधारभूत सेवा प्रवाहका विषयमा मुख्यसचिव अर्यालद्वारा सचिवहरुसँग छलफल


काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दैछन् ।

वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

जेनजीको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रका मन्त्रालयदेखि विभिन्न सरकारी कार्यालय जलेर ध्वस्त भएका छन् ।