आगजनीबाट सर्वोच्च अदालत ध्वस्त, सुनुवाइ अनिश्चितकालका लागि स्थगित


काठमाडौं । सर्वोच्च अदालतले मुद्दाका पेसी स्थगित गरेको छ । आगलागीका कारण अदालतका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुदाँ तोकिएका मुद्दाका पेसी स्थागित गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।