नेपालगंज । बाँकेको नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहबाट कैदी बन्दी भाग्दा कारागार र बालसुधार गृहमा खटिएको सशस्त्र प्रहरीको कारबाहीमा ५ जनाको मृत्यु भएको छ । कारागारमा रहेका ५ सय ८५ मध्ये १ सय ४९ जना त्यहीँ रहेको बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७६ जना भागेका छन् ।
प्रहरीको कारबाहीमा ७ जना घाइते भएको, उनीहरुलाई भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । ती मध्ये ५ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया